सिन्धुपाल्चोक, असार २ ।
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिएका हुन । उनका अनुसार यो भन्दा थप मानवीय क्षति भएको हुन सक्ने र सो को विवरण आउन बाँकी रहेको बताएको छ । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् ।
सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
मेलम्चीमा पानीको बहाव नघटेकोले उद्धार कार्यमा कठिनाई भएको बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए । अहिले स्वास्थ्य मन्त्रि र सभामुख सापकोटा सिन्धुपाल्चोक बाढी पहिरो प्रभाबित क्षेत्रको अबलोकन तथा उद्धारका लागि त्यस तर्फ लागेको जनाएको छ ।
थप फोटोहरु