युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज(प्रत्यक्ष प्रसारण सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  352 पटक हेरिएको

एजेन्सी, असार १ ।  

युरोकप २०२० अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स अनी विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी भिड्दैछन् । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि हुँदैछ । युरोकपको ड्र सार्वजनिक भएपछि नै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । जहाँ युरोकपको साविक विजेतासहित तीन पूर्व विजेता छन् ।

साथै एउटै समूहमा उपाधिको तीन दाबेदार टिम छन् । त्यसैले यस समूहको प्रत्येक खेल हेर्न लायक हुने अपेक्षा छ । यस समूहमा जर्मनी र हंगेरी आयोजकको रुपमा छ । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले दुई खेल घरेलु मैदानमा खेल्नेछ । विश्व विजेता फ्रान्स र  ३ पटकको युरोकप विजेता जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२:४५ बजे सुरु हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिख एरेनामा हुनेछ ।

पाँच वर्षअघि घरेलु मैदानमै फाइनल हारेको फ्रान्स यसपटक उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा छ । उता जर्मनी भने २०१६ मा फ्रान्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । २०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । आज केही समयपछी शुरू हुने जर्मन र फ़्रान्स बिचको खेल भिजन एच डि टिभिबाट प्रत्यक्ष प्रसारण हेर्न सक्नु हूनेछ ।

फ़्रान्स vs जर्मनी प्रत्यक्ष प्रसारण 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार