पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ६२११ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  484 पटक हेरिएको

काठमाडौं, असार १ ।    

पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा पनि ५ जना संक्रमित पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार