विराटनगर, असार १ ।
अहिले प्रदेश सरकारहरुले धमाधम बजेज प्रस्तुत गरिरहेको छ । हाल सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाग्मति प्रदेशमा बजेट पास भई सकेको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभा बैठकमा बजेट पेस गरेका हुन । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर, उक्त बजेट करिब २८ अर्बमा खुम्चिएको अनुमान मन्त्री आङ्बुहाङले गरे ।
गतवर्षको भन्दा करिब आठ अर्ब कमको बजेट प्रदेश सरकारले ल्याएको हो । बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूजिगततर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन गरिएको छ ।
सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट रु ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो । यस्तै चालु वर्षको २ अर्ब बचत हुने अनुमान छ ।
बजेटको पूर्ण पाठ हेर्नुस् :