एनआरएनए जापान क्षेत्रिय कार्यसमिति ओकिनावाको संयोजकमा ज्ञानेन्द्र भट्ट सहित सबै कार्यसमिति सर्वसम्मत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  919 पटक हेरिएको

जापान, जेठ ३० ।  

गैर आवासीय नेपाली संघ जापानको क्षेत्रिय कार्यसमिति ओकिनावाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज प्रत्यक्ष र जुम भर्चुअल माध्यमबाट सम्पन्न भएको अधिबेशनबाट संयोजकमा ज्ञानेन्द्र भट्ट चयन भएका छन । आज भएको अधिबेशनबाट उपसंयोजकमा देबेन्द्र खड्का र सुजन न्यौपाने चयन भएका छन । महिला उपसंयोजकमा भने उमेद्धारी परेको थिएन । क्षेत्रिय समितिको सचिबमा भने चक्र बहादुर शाही चयन भएका छन भने सहसचिबमा के.बि.टमट्टा चयन भएका छन ।

यस्तै कोषाध्यक्षमा संगल ब.सुनार चयन भएका छन भने सहकोषाध्यक्षमा पुजन श्रेष्ठ चयन भएका छन । यस्तै कार्यसमितिको सदस्यमा भने सुवास गुरुङ्ग, हरि कँडेल, ललित बन्जाडे, अबिशेक पौडेल, महिला सदस्यमा भने सरिता तामाङ्ग र सुसिल अधिकारी चयन भएका छन । यस अघि ओकिनावा क्षेत्रिय कमिटिको संयोजकमा प्रितम गर्बुजाको संयोजकमा तर्दथ समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार