बीरगंजमा उपचारको क्रममा निधन भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  544 पटक हेरिएको

 

बीरगंज, जेठ ३१ ।   

बीरगंजमा उपचारको क्रममा हिजो बीरगंज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर सेण्टरमा ल्याइएको थियो । दिउसो २ बजे स्वास्थ्य अवस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखिएको थियो । तर दिउसो ४ बजे पछि मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितबाट निधन हुनेको संख्या १७ पुगेको छ ।

बालकको उपचारमा संलग्न सामुदायिक अस्पताल निजगढ र वीरगन्ज हेल्थ केयर सेण्टरका स्वास्थ्यकर्मी र चिकित्सकको पनि स्वाब परीक्षण गरिदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार