संविधान संशोधन विधेयक आज दफाबार छलफल सहित पारित हुँदै, सरिता गिरी मात्र संशोधनको बिपक्षमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  847 पटक हेरिएको

काठमाडौं, जेठ ३१ ।   

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

यही जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए । नेपाल सरकारले पेश गर्ने उक्त प्रस्तावमा आज लगभग सम्पूर्ण पार्टीले मतदान गर्ने तय भएको छ । तर समाजबादी पार्टीका नेत्री सरिता गिरिले भने बिपक्षमा मतदान गर्ने देखिएको छ । निजले संबिधान संशोधन गर्न नहुने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नभएकोले यस बिषयमा भारतको सहमति बिना संशोधन गर्न नसक्ने भन्दै संशोधन विरूद्ध निवेदन पेश गरेकी थिईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार