आज एकै दिन ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५०६२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  450 पटक हेरिएको

काठमाडौं, जेठ ३० ।   

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण अहिलेसम्म कै उच्च एकै दिन थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ जना, धनुषा र बर्दियाका १५/१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ भने हिजो अर्घाखाँचीमा निधन भएका अर्कों १ जनाको मृत्यु कोरोनाका कारण निधन भएको मन्त्रालयले पुष्टि गरेसंगै मृत्यु हुनेको संख्या १६ पुगेको छ भने निको भई घर फर्कनेकोसंख्या ८७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार