काठमाण्डौँ, जेठ २८ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। सभामुख सापकोटाले आज राजनितिक दलका शिर्ष नेताहरु र पुर्व प्रधानमन्त्रि सहितको सर्वदलीय बैठक राखेका थिए । आज भएको उक्त बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्रिले बारम्बार संसद माथि प्रहार गर्नु लोकतन्त्र र गणतन्त्र बिरोधि काम भएकोले यसको खुलेर बिरोध गर्नुपर्ने र अहिले हामीले त्यसको बिरुद्ध सर्बोच्चमा समेत रिट दायर गरी सुनुवाईको प्रक्रियामा रहेको बताएका छन । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले प्रमुख दलका शीर्ष नेतालाई छलफलमा डाकेका थिए।
दलका शीर्ष नेताहरू र पूर्वप्रधानमन्त्रीहरूसँग सभामुख सापकोटाले छलफल गरेका हुन्। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहरा र नेमकिपाबाट प्रेम सुवाल सहभागी भएका थिए ।
आजको छलफलबारे जानकारी दिदै पुर्व प्रधानमन्त्रि समेत रहेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रिको अधिनायकबादी सोच र ब्यबहारलाई सबैले चिनिसकेको र त्यसको बिरुद्ध एक हुदै संघर्ष गरेकाले पनि पहिलो पटमक संसद बिघटन हुदाँ सर्बोच्चले समेत असंबैधानिक भएको निचोट सहित संसद पुनस्र्थापना गरेकोले यस पटक पनि संसद पुनस्थापना हुने जनाएको छ । देशको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै सिध्याउन क्रमबद्ध लागेका प्रधानमन्त्रि र केहि बिदेशी दलालहरुको साठगाँठले राजनितिक संकट निम्त्याएको जनाएको छ ।
राजनितिक दलहरुको समान धारणा रहेको र सर्बोच्च अदालतबाट संसद पुनस्थापना हुनेमा बिस्वस्त रहेको सबैले धारणा राखेका थिए । सभामुख सापकोटाको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई पनि बैठकका लागि बोलाइएको थियो। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र दलका नेतालाई पत्राचार गरेर बैठकमा आउन भनिएको थियो।