काठमाडौँ, जेठ २९ ।
सरकारले लकडाउनको नयाँ मोडालिटी सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार कोरोना संक्रमण कायमै रहेको भन्दै मन्त्रीपरिषद् बैठकले चरणबद्ध रुपमा विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारको निर्णय अनुसार सरकारी कार्यालय, निजी सवारी साधन, उद्योग व्यापार व्यवसाय, डिर्पाटमेण्ट स्टोर, सबै प्रकारका ढुवानी, पैदल आवागनमन खुला गर्ने, साइकल र मोटर साइकल चल्न दिने, बैंक, वित्तिय संस्था, बिमाका कार्यालय खोल्न पाइने, विकास आयोजनाहरु सञ्चालन गर्न पाइने र रेस्टुरेन्ट प्याकिङ दिने गरी खोल्न पाइने भएपनि केहि क्षेत्रहरुलाई तत्काल खोल्न नपाइने भएको छ ।
यि १३ वटा क्षेत्रहरु तत्काल खोल्न नपाइने भएका छन् ।
१. शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र,
२. अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान,
३. तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
४. सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार,
५. सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,
६. सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,
७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, सैलुन र ब्युटीपार्लर,
८. स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
९. सपिङ महल,
१०. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
११. सबै धार्मिक तथा सार्वजनिक स्थलहरु।