थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, आजै १८७ जना कोरोना संक्रमित निको भई घर फर्किए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  723 पटक हेरिएको

काठमाडौं, जेठ २९ ।   

देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

यस्तै २४ घण्टामा अहिले सम्मकै धेरै १ सय ८७ जना कोरोना संक्रमितहरू निको भई आफ्नो घर फर्किएका छन् । निको हुनेको संख्या ८ सय ६१ जना पुगेको छ । कोरोनाका कारण नेपालमा हाल सम्म १५ जनाको मृत्यु भईसकेको छ ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

एकै दिन थप १८७ जना डिस्चार्ज

यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार