विदेशबाट उद्धार गर्ने तालिका सार्वजनिक, ऊद्दारको लागि ६७ फ्लाईट तय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  705 पटक हेरिएको

काठमाडौं, जेठ २९ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् ।

बिहीबार कुवेतबाट फ्लाइटबाट करिब ३ सय महिला श्रमिक फर्किंदै छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । कुवेतबाट दुईवटा जहाजमा नेपालीहरु काठमाडौं आइपुग्दैछन् । एउटा फ्लाइट साढे ११ बजे र अर्को फ्लाइट दुई बजेतिर काठमाडौं आउने छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन् । साथै २४ वटासम्म विदेशी उडान पनि हुने तालिकामा उल्लेख छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार, ‘यी सबै उडान हुँदा करिब ११–१२ हजार नेपालीहरु आउँछन् । यी उडान गरिसकेपछि स्थितिको थप विश्लेषण गरी आवश्यक निर्णय हुन्छ ।’ उनले थपे, ‘यो तालिकाबाट के बुझ्नुपर्छ भने विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार गर्दै छ ।’

सरकारले तयार पारेको उडान तालिका  

 

बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा फ्लाइट छन् । यी दुवै फ्लाइट विदेशी विमान कम्पनीका हुनेछन् । यस्तै जुन १५ तारिखमा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ । जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, र श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश ल्याउने छ ।

जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । जुन १७ मै अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीहरुलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छन् । यस्तै जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरीबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार