पहिलो फ्लाइटबाट कुवेतका १५० महिलाहरू काठमाडौं आइपुगे, दोस्रो फ्लाईट पनि तय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  737 पटक हेरिएको

काठमाडौं, जेठ २९ ।

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । जजिरा एयरलायन्सको विमान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त विमानमार्फत १५० जना महिला आएका जानकारी दिए। काठमाडौं आएका उनीहरुको सामान्य स्वाथ्य जाँच गरी सम्वन्धित प्रदेशमा पठाइने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरी उनीहरुलाई नेपाल पठाएको हो। उनका अनुसार अरू १ सय ५० जना लिएर अर्को विमान दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ। उनीहरु सबै हिजै आउने भनिएपनि तयारी नपुगेको भन्दै अन्तिम समयमा उडान स्थगित भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार