राष्ट्रियसभाका अध्यक्षको अनुरोधमा नेपाललाई मेडिकल सामग्री सहयोग, कोरियाकाे संसदबाट पारित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  697 पटक हेरिएको

काठमाडाैं, जेठ २८ ।  

नेपालमा मेडिकल सामग्रीकाे अभाव रहेकाे अवस्थामा कोरिया सरकारले  मेडिकल सामग्री सहयोग गर्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना उपचार तथा नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्न पहल गर्नुभएपछि कोरियाको संसदबाट नै नेपाललाई मेडिकल सामग्री सहयोग गर्ने प्रस्ताव पास भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ज्यूकाे विशेष आग्रहमा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकमार्फत दक्षिण काेरिया सरकारले एक लाख पीसीआर किटसहित करिब ९ कराेड रुपैयाँ बराबरकाे स्वास्थ्य सामाग्री नेपाल सरकारलाई सहयाेग गर्ने भएकाे छ।

स्वास्थ्य सामग्री सहयोगका सम्बन्धमा कोरियाको संसदमा नै प्रस्ताव लगि पारित भइसकेकाे छ। उक्त स्वास्थ्य जुन १६ तारिख अर्थात अषाढ दुई गतेसम्म नेपाल आइपुग्ने राजदूत याेङ सिकले जानकारी दिनुभयाे।

हामीसंग भिटिएम, रि-एजेन्ट, पीपीई अभाव हुँदा कोरोना उपचार तथा नियन्त्रणमा समस्या परिरहेको छ, ९ करोड मुल्य बराबरको मेडिकल सामग्री यसै साता नेपाल आउने तय भएको छ, यसले काेराेना नियन्त्रण तथा राेकथाममा सहयाेग मिल्नेछ” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

उहाँले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुखहरुलाई फोन गरि कोरोना उपचार तथा नियन्त्रणका लागि भइरहेका काम र काम गर्दा आइपरेका समस्याबारे बुझ्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार