एनआरएनए जापानको आर्थिक घोटला काण्डमा बहुमत सदस्यको गुठगत हस्ताक्षर बैधानिक नभएको प्रबक्ता श्रेष्ठको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  99 पटक हेरिएको

जापान, जेठ २७ ।  

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान भित्र देखिएको आन्तरिक आर्थिक अनियमितता काण्डले उग्र रुप लिएको छ । एनआरएनए जापानको बिभिन्न कालखण्डमा भएको आर्थिक घोटलाले २०१९–२०२१ कार्यकाललाई प्रभाबित पारेको छ । बिश्व कोरोना संक्रमणबाट आक्रान्त भईरहेको सन्दर्भमा एनआरएनए भने आर्थिक अनियमितताले आक्रान्त छ । २०१५ बाट एनआरएनए जापान भित्र देखिएको आर्थिक अनियमितताले हालसम्म पनि निरन्तर पाईरहेको छ । एनआरएनए भित्र भएको आर्थिक घोटला काण्ड सतहमा आएपछि त्यसलाई हतियार बनाई संस्था भित्र गुटगठ संघर्ष चलेको एकअर्का बिच आरोप प्रत्यारोप लगाउने जस्ता गतिबिधिहरु दिनप्रति दिन देखिदै आएको छ ।

हिजो मात्र २०१९–२०२१ कार्यसमितिको बहुमत सदस्यको हस्ताक्षर सहित एक पक्षले निष्पक्ष छानबिनको माग गदै अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाई लिखित पत्र पठाएपछि बिबादले उग्र रुप लिएको हो । कार्यसमिति भित्र भएको छलफलमा कसैले पनि बिरोध नगर्ने तर बाहिर आएर गुठगत भेला गरि छानबिनको माग गर्नु संस्थाको बिधान बिपरित भएकोले यस्ता कार्यले संस्थालाई नराम्रो असर गर्ने उल्लेख गर्दै प्रवक्ता सिद्धार्थ श्रेष्ठ बिज्ञप्ति मार्फत सबैको ध्यानाकर्षण गरेको छ । गैर आवासीय नेपाली संघ जापानद्धारा गठित उच्चस्तरिय छानबिन समितिले पनि एनआरएनए भित्र बिभिन्न कार्यकालमा आर्थिक घोटला भएको प्रष्ठ भएपनि कसले कति र कहिले आर्थिक अनियमितता गर्यो त्यो स्पष्ट नपार्दा झन बिबाद बढेको कार्यसमितिको ठहर रहेको समेत प्रबक्ताद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रबक्ता सिद्धार्थ श्रेष्ठद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार