गण्डकी प्रदेश मुख्यमन्त्रि गुरुङ्गको सरकार ढल्यो, पक्षमा २७ मत र बिपक्षको पक्षमा ३० मत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  116 पटक हेरिएको

पोखरा, जेठ २७ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत परेको थियो भने विपक्षमा ३० मत परेको सभामुखले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका थिए भने स्वतन्त्र सांसद तथा युवा तथा खेलकुद मन्त्रि राजिब गुरुङ्ग भने आजको संसद बैठकमा सहभागि भएका थिएन । अर्को बैठक भोलि बिहान ११ बजेको लागि तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार