टुकि नेपाल समाज धादिङ्गद्धारा निलकण्ठ नगरपालिकाको १४ वडामा कोभिड–१९ जनचेतना तथा घुम्ति स्वास्थ्य सेवा सुचारु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  672 पटक हेरिएको

धादिङ्ग, जेठ २७ ।

बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको अबस्तामा ट्कि नेपाल समाजद्धारा स्वास्थ्य कर्मी सहित स्वास्थ्य परिक्षण लगायत सेजा सहित घुम्ति सेवा संचालन गरेको छ । टुकि नेपाल समाज धादिङको आयोजनामा निलकण्ठ न पा वडा न ११ मा स्वास्थ कर्मी सहितको उपस्तिथिमा कोभिड–१९ बाट संक्रमित ब्यक्तिहरुलाई स्थानीय सरकार र समाज सेवि ब्यक्तिहरुको सहकार्यमा घुम्ति सेवा मार्फत घरदैलोमा नै उपस्थित भै सामान्य उपचार सहित स्वास्थ्य सचेतता कार्यक्रम सम्पन्न गरिएको हो ।  ज्याम्रुङमा २१ गते देखि २६ गते सम्म संचालन भएको उक्त घुम्ति सेवा १० र ११ मा सम्पन्न गरी वडा नं २ मा पुगेको समेत जानकारी गराउनु भयो । 

भिजन अनलाईन न्युजसँग कुरा गर्दै टुकि नेपाल समाजका उपाध्यक्ष समेत रहेकी समाजसेवी तथा नेतृ सरला धमलाका अनुसार धादिङ्ग जिल्लाका निलकण्ठ नगरपालिकासँग अनुमति लिई निलकण्ठ नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य कर्मी सहितका टोलिले स्वास्थ्य परामर्श, स्वास्थ्य परिक्षण र आबश्यक अनुसार औषधिको समेत ब्यबस्था गरेको बताउनु भयो । निलकण्ठ नगरपालिकाको अनुमतिमा संचालन उक्त कार्यक्र्रम १ महिनासम्म चल्ने पनि जानकारी गराउनु भयो । हालसम्म निलकण्ठ नगरपालिकाको १० र ११ वडामा कोभिड–१९ महामारीको बारेमा जनचेतना, स्वास्थ्य परिक्षण उन्टिजेन परिक्षण र स्वास्थ्य सामाग्री उपलब्ध गराएको पनि जानकारी गराउनु भयो ।

ज्यामरुङ्गको १० र ११ वडा अन्तरगत ज्यामरुङ्ग, धमलाज्यामरुङ्ग, कुमाईज्यामरुङ्ग, हनुमानडाँडाँ, भार्माले, टाँरिबेसी, सल्ले, चापभञ्ज्याङ्ग, सिम्लेज्यामरुङ्ग, लामाथान, पात्ले लगायतका ठाउँमा उक्त कार्यक्रम सम्पन्न भएको पनि जानकारी गराउनु भयो । स्थानीय सरकार नगरपालिकाले नै स्वाव परिक्षण दुईपटक गरे पछि हामी त्यहि आधारमा गाउ गएको हो टुकि नेपालकी उपाध्यक्ष धमलाले बताउनुु भयो । स्थानीय स्तरमा कोरोना पोजेटिभ देखाउने डरले स्थानीयद्धारा कोरोना परिक्षण नगराएको र कोरोना परिक्षण गराएको वडा नं.११ मा १२६ जना मध्ये ६२ जनामा कोरोना पोजेटिभ देखिएकोले पनि कोरोना भाईरस स्थानीय स्थरमा फैलिसकेको जनाएको छ । हालसम्म स्थानीय सरकारबाट पिसिआर परिक्षणको ब्यबस्था पनि नगरेको, आईसोलेसन ब्यबस्था पनि नगरेको कारण कुनै गाँउमा उल्लेख्य मात्रामा ज्वरो आउने लगायत भाईरल बिरामीहरु देखिएको तर परिक्षण नगरिएकोले कोरोना नै हो भन्ने पुष्टि नभएको पनि जनाउनु भयो ।

३ एचए तथा स्वास्थ्य कर्मी सहित संचालित घुम्ति सेवामा उल्लेख्य मात्रामा स्थानीयले स्वास्थ्य लाभ लिएको भए पनि यो प्रयाप्त नभएको जनाउदै त्यसको लागि स्थानीय सरकारले स्थानीय संघसंस्थासँग सहकार्य गरेर आबश्यक निति निर्माण गरि कार्यान्वयन गर्नुपर्ने समेत बताउनु हुन्छ । बाँकी वडामा पनि उक्त कार्यक्रम टुकि नेपाल समाजका महासचिब चन्द्र बहादुर लम्सालको नेतृत्वमा २ स्वास्थ्यकर्मी सहित संचालन भईरहेको छ । स्थानीय स्तरमा कोमिड–१९ को आधारभुत स्वास्थ्य मापदण्ड पनि पालना नगरेकोले कोरोना भाईरस स्थानीय स्तरमा फैलिएको बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार