पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ जनाको निधनसंगै निधन हुनेको संख्या १५ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  535 पटक हेरिएको

काठमाडौं, जेठ २७ । 

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या संख्या चार हजार ८५ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट थप एकको निधन

चितवनको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको मंगलबार अन्त्येष्टि गरिएको छ ।

भरतपुर महानगरपालिका– ११ का ती वृद्धको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो । भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका उनलाई सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो । स्वास्थ्यमा समस्या भएपछि पाँच दिनअघि अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार