कोरोना महामारीबाट सृजित चार्टर उडानमा लुटतन्त्र र मुकदर्शक नियमन निकायहरू

  नरेन्द्र बस्नेत (दिनेश) प्रकाशित:  1381 पटक हेरिएको

 

जापान, जेठ २७ ।   

नागरिक उड्डयन प्राधिकरण को चार्टर उडान बन्दसम्बन्धमा अचानक आएको बिज्ञप्ति लाज पचेकोनालायकी पनको पराकाष्ठ हो अनि चार्टर उडान शुरुहुदाताका खुसियाली मनाउने हरु मध्येका केहि तथ्य भन्दाबाहिर गएर घिउमा आगो सल्काउन खोज्ने दले समाजसेवीहरु सस्तो लोकप्रियताको लागि चार्टर उडान मा लुटभएकोले बन्द गरेर ठिकै गर्यो भन्दै रोइलो गरिरहेका छन्।

विपतको बेला अन्तरास्ट्रिय चार्टर उडानका नाउमाएयर्लाइन्स ट्राभल एजेन्सी बाट मनपरी भाडा असुल्नथालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिकमाध्यमबाट हुने चार्टर उडान बाहेक सबै माथि रोकलागाएको भन्दै नागरिक उड्डयन प्राधिकरण को बिज्ञप्तिलाइ आधार बनाएर कान्तिपुर दैनिकले समाचार बनायो।

समाचारलाइ नै आधार बनाउने हो भने चैत यता १सय १०वटा अन्तरास्ट्रिय उडान भइसकेका छन् भनिएको छ। अबमेरो जिज्ञाशा तथा प्रश्न?यो संगसम्बन्धित मन्त्रालय बिभागलाइ यदि यो सम्बद्द निकाय साचिकै संसारब्यापीमहामारीको बिचमा जनताको हक हितमासंबेदनशील शुरुवाती दिन बाटनै भइदिएको भए आज योअवस्था पक्कै आउने थिएन।

सम्बन्धित मनत्रालय, बिभाग एयर्लाइन्स ले यो महामारीलाइ मौकामा चौका हान्ने अवसर को रुपमा लिए निश्चितस्वार्थ लाभ मा मोहित हुदै केहि ट्राभल एजेन्सी हरुलाईपहुच आर्थिक लाभबाट प्रभावित भइ अनुमति दिए।चार्टर उडान को सम्बन्धमा  एजेन्सी हरुको छनोट कोलागि सरकारको सार्बजनिक आबहान सहित कुनै पनिनिश्चित प्रक्रिया भएको देखिदैन। लुटेर खान पल्किएकाहरु मा साचिकै निस्वार्थता भएको भएदेखिनेपालएयर्लाइन्स ले सम्बन्धित देशको दुताबास एनआरएनसंग सहकार्य गरेर सम्पूर्ण ब्यबस्थापकीय ब्यापारिकजिम्मेवारी आफैले लिएको भए पनिकेहि हदसम्मजनतालाई सुलभ भाडा दर उपलब्ध हुने थियो कि भन्ने अनुमान लगाउन सकिन्छ। एनआरएनए ले यो कुराशुरुवाती दिन बाट नै गर्दै आएको थियो जापानको हकमाभन्नुपर्दा एनआरएन जापान राजदुताबास मिलेर

नेपाल बाट आउनुपर्ने हरु जान  इच्छुक हरुको डाटातयार गरेर सम्बन्धित निकायलाई बुझाएको पनि हो तरसम्बन्धित निकायले त्यसैलाई हतियार बनाएर एजेन्सी कोबाटो तिर  बिचौलिया हरु उन्मुख गरायो।यदिट्राभल एजेन्सीलाइ नै दिनु भने उडान गर्ने देश अनुसारनिश्चित मापदण्ड र भाडादर तोकि दिएको भएमा बीचबिचमा बिचौलियाहरुले एजेन्सीहरुले लुटको खेति गर्नपाउने थिएनन्।

बैदेशिक रोजगार अध्ययन या विभिन्न शिलशिलामा नेपालफर्किएकाहरु आफु बसेको देश फर्किन नपाउने अझैपनिनगन्य छन नेपालमा त्यसैगरी नेपाल फर्किन चाहनेहरुकोलर्को झनै लामो छ। यदि पररास्ट्रमन्त्रालय,संस्कृति तथापर्यटन मन्त्रालय,नागरिक उड्डयन प्राधिकरणसाचिकै नेपालीको जनताको हितमा सोच्ने भइदिएको भएनिश्चित भाडा दर तोकेर मापदण्ड सहित कि एजेन्सीलाईजिम्मा दिने थिए कि सम्बन्धित एयर्लाइन्सलाइ प्रत्यक्ष गर्नआदेश दिदै कार्वान्वयन गर्ने लाग्नु पर्ने थियो। हैन भनेलुट्न पाउञ्जेल लुट्ने अनि केहि व्यक्ति या संस्था हरुकोअभिस्ट स्वार्थ पुरा हुनछाडेपछि लुटाईको मात्रा कम हुनथालेपछि अर्थहीन बिज्ञप्ति गैर्ह्जिम्मेवार निर्णय गरेर झनैसर्बसाधारण लाइ दुख दिने प्रवृति बन्द गरिनु पर्छ।

चार्टर गर्नेहरुको बाध्यता लुट तन्त्र दुवै

सकारको निश्चित मापदण्ड नभएपछि जसको शक्ति उसकैभक्ति भने जस्तैदेखियो चार्टर उडानमा। जापानकै सन्दर्भमा कुरा गर्दा सामान्य अवस्थामा ७५हज्जार देखि ८५,९० हजारसम्म दोहोरो भाडा आवतजावत भइनै रहेको हो।यो मूल्य बाट पनिसम्बन्धित ट्राभल हरुलेएयर्लाइन्स बाट नाफा नै लिएर आफ्नो कम्पनिचलाउने एयर्लाइन्स ले पनि नाफा नै भएर ट्राभल हरु लाइ यति माबेचेकोहुनुपर्छ यद्दपि यसका व्यवसायिक पाटो हरु पनिहुन सक्लान। चार्टर गर्नेले जहाजको पूर्ण सिट क्षेमताअनुसार पर ब्लक आवर अमेरिकी डलर १७,२६०को दरले नेपाल एयर्लाइन्स लाइ बुझाउनु पर्ने बाध्यता देखिन्छ । यद्दपी यो उडान हुने देश या ठाउ अनुसार फरक हुन सक्ला यसरि हेर्दा जापान मै भएको एक चार्टर उडान लाइ कम्तिमा तिन करोड को हाराहारीमा ट्राभल एजेन्टहरुले बुझाउनुपर्छ भने सम्बन्धित निकायहरु सम्पूर्णबाट अनुमति प्राप्तगर्न भ्रस्टहरुलाई खर्च गर्नु पर्ने रकम को हेक्का नै भएन।यति गरेर बल्ल बल्ल अनुमति पाएकाहरुले भने जति प्यासेन्जर पाएनन् भने आफै खाल्डोमा पर्ने सम्भावना छदैनै छ  यद्दपि कम्तिमा पनि ९०० देखि १००० डलरसम्ममा टिकट बेचेको भए पनि नाफा हुने हुदा हुदै पनिमौकामा चौका हान्नु पर्छ भन्ने भ्रस्ट सोचबाट लालायित भएर ११०० डलर देखि २००० डलर सम्म भाडा असुलेको देख्दा भने यिनीहरु प्रति पनि सार्है नै घृणा पैदाभएर आउछ। हरेक बर्गको नेपालीको आफ्नै समस्या अझै बिध्यार्थिको हकमा यो लुट तन्त्रले मर्नु बच्नुबनाएको देखिन्छ।अनेकौ जोहो गरेर कम्तिमा महिनाकोशुल्क कलेजलाइ बुझाएर नेपाल गएका बिद्यार्थी हरु योमहामारीमा उतै अड्किनु परेपछि पढ्न नै नपाइ यताकलेजको अर्को सेमेस्टर को शुल्क बुझाउने समयले पिरोलेको पिडा एकातिर भने अर्को तिर लाख४० हज्जार देखि लाखसम्म तिरेर चार्टर फ्लाइट माआउनु पर्ने बाध्यता।यो सबै गर्न बाध्यात्मक स्थिति सृजनागर्ने समबन्धित सम्बद्द निकाय हरुले कोरोनाकोमहामारीको बीच सर्बसाधारण माथि गरेको यो अपराधक्षेम्य भने पक्कै छैन।

ट्राभल हरुको अस्वस्थ प्रतिस्पर्धा ले सरकारी लुटेराहरुलाई फाइदा मर्कामा सर्वसाधारण 

पावरको चलखेल मा घुसपैठ को समिश्रण ले नहुने कामपनि सजिलै हुने तलमाथि गर्न नसकेमा हुने काम पनि नहुनेसंस्कार ले पिल्सिएको हाम्रोदेशमा बिश्वब्यापी योमहामारीमा पनि जनता नै नराम्रो संग लुटिनपुगे,ट्राभलबिचको हानाथाप एकलौटी राज गरेका केहिहवाई माफिया हरुले जापानी राजदुताबासको हवालादिएर शक्ति दुरुपयोग गर्दै श्री नोबल कोरोना रोग रोकथामतथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति सचिबालयसिंहदरवारलाइ प्रयोग गर्दै अचानक बिचमा मे २८ तारिकमा हुन लागेको ओसाका कोचार्टर उडान लाइ असफलबनाउन मे २७ तारिक देखि उताको जापानको चार्टर उडानहरु अर्को सूचना नहुन्जेल सम्मको लागि स्थगित गर्नुभनेर अपराधिक चलखेल गरे जसको असर आउने तयारीगरेर अनेकौ दुख कस्टसहदै राजधानी आइपुगेकासर्बसाधारणहरुमा पर्न गएको प्रस्ट नै छ।

निर्मम भएर कमाउने केहि ट्राभल एजेन्ट दुख पाउने एनआरएन जापान  अन्तर्गतका केहि इमान्दार पदाधिकारीहरु

विदेश बाट आउने हरुको लागि जापानसरकारको क्वारेन्टिन सम्बन्धि नियमले एयरपोर्ट बाटआफु बस्ने ठाउँ सम्म सार्बजनिक सवारी साधन प्रयोगगर्ननपाउने भएपछी आफ्नो या आफन्तको गाडी नभएमा घरपुग्न असम्भब देखिएको यो अवस्थालाई ध्यानमा राखेरचार्टर उडान गरि चर्को रकमअसुल्ने हरुले जापानएयरपोर्ट बाट पनि घर सम्म पुग्ने व्यवस्था गरिदिएको भएआज परिस्थिति केहि सहज हुने थियो होला तर धेरैलेत्यसो नगरी निर्लज्ज भएर एनआरएन संगको परामर्शबिनानै एयरपोर्टबाट घरसम्म एनआरएनले लगिदिन्छ भनेरझुटो आस्वासन बाडे।

हुन नेपाल गएर चार्टर उडानमा फर्किनेहरु मध्ये सिमितव्यक्ति बाहेक सबैआफ्नो ठाउमा सक्षम नै हुनुपर्छ तरबर्तमान परिस्थिति केहि फरक भएकोले भोलनटियरसंस्था एनआरएनको केहि क्षेत्रीय समितिहरु एनआरएनकान्साई र  एनआरएन क्युस्युले आफ्नो क्षेत्रमा आउनु पर्नेनेपाली हरुलाई सम्बन्धित व्यक्तिको आफ्नो खर्चमा ब्यबस्थापकीय सहयोग गर्ने भनि सम्पर्कको लागि समितिबनाएर बिज्ञप्ति नै निकाली काम अगाडी बढाए पछित्यसैलाई अन्यक्षेत्रीय समिति हरु ले साथ् दिए भने कतिमुकदर्शक नै छन् अजै पनि। तर योविषम परिस्थितिलाईजापान मै फेरी अर्को कमाउने भाडो बनाउने सोचभएका दलालीहरुले नारिता एयरपोर्ट पुगेर अकल्पनीयदाम भन्दै पुराउने आस्वाशन दिएर मोलतोल सुरु गरे अनित्यसैलाई आधार बनाएर बिरोधका लागि बिरोधगर्नेहरुलेएनआरएनको हवाला दिदै बदनाम गर्न तिर लागे।

आफै बस्ने ओसाका अनतर्गत पर्ने एनआरएन कान्साईशुरुदेखि नै यसमा निरन्तर लागिरहेको ओसाका बसेरटोक्यो पुगी ओसाका,कोबे,नारा,क्योटो,वाकायामा त्यतिमात्रै नभएर परिस्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दैक्युस्युको ओइता, किता क्युस्यु,नागोया,टोयोटालगायतको ठाउँ हरु सम्म घर घरमा नेपालीहरुछोडेर आएको अवस्था छ। खर्च सम्बन्धित व्यक्तिको भएपनि हप्तामा दुइ तिनपटक आउने फ्लाइट को लागिब्यबस्थापकीय सहयोग गर्न लाग्ने भौतिकश्रम समय आफ्नो खर्च हुने कुराको कुनै लेखाजोखा नै छैन। यसरिकेहिसिमित व्यक्ति हरु अहोरात्र खटेर उद्दार मा एकातिरलागिरहेका छन् भनेअर्को तिर पदिय लालच नक्कलीप्रतिष्ठा को लागि मात्रै संस्थामाझुन्डिएका रमिते हरु तिनीहरुको इमान्दारितामा मा प्रश्न गर्ने दुस्साहस भित्रभित्रैगरिरहेका छन्। यसो भन्दै गर्दा संस्था भित्र या बाहिर रहेरयो महामारीमासहयोग को नाउमा लुट मचाउन खोज्नेहरुलाई भने पहिचान गरेर सामाजिकरुपमा तिरस्कृत भनेपक्कै गर्नुपर्छ।

अन्त्यमा सम्बन्धित सरकारी निकाय एयर्लाइन्स, हवाईमाफिया, बिचको बिचौलिया हरु एजेन्ट हरु यी सबैलेयो महामारीको बिचमा आजको दिनसम्म जतिसर्बसाधारण लाइ चार्टर फ्लाइट को नाम मा लुटे आगामीदिनमायो यथा शिघ्र बन्द गरिनु पर्छ।

सम्बन्धित देशको राजदुताबास को बिशेष सक्रियतामाआवस्यकता अनुसार एनआरएनए संग सहकार्य गर्दै योविपद मा नेपाली हरु लाइ सर्वसुलभरुपमा आवतजावतगर्न मिल्ने वातावरण बनाउन सरकारको सम्बद्दनिकाय सम्बेदनशिल भएर लागोस भनि अनुरोध गर्नचाहन्छु। यदि ट्राभल एजेन्टहरुलाई नै दिनु भने भाडादर लगायतको सम्पूर्ण कुराहरुमा निश्चित मापदण्ड बनाइनिस्पक्ष तरिकाले कार्य सम्पादन हुने गरि प्रक्रियाअगाडी बढाउन जरुरि देखिन्छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार