प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि सैदान्तिक छलफल हुने,

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  602 पटक हेरिएको

काठमाडौं,जेठ २७ । 

प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ ।आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो ।सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयकलाई अगाडी बढाउन लागिएको हो ।

संघीय संसद सचिवालयले गत जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो ।उक्त सात दिन हिजो पूरा भएसँगै सरकारले संशोधन विधेयक अघि बढाउन चाहेको हो ।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते अद्यावधिक गरेको थियो ।

निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको हो । विधेयक जेठ १९ गते सदनमा प्रस्तुत भएको थियो । आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार