रुपन्देही, जेठ २७ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । स्थानीय प्रदीप थापाका अनुसार कान्छीबजारको मैनहवास्थित भैँसीफार्ममा काम गर्ने ५ जनाको हत्या भएको हो ।
स्थानीय कृष्ण पुनको भैँसी फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फार्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरी फरार भएको थापाले जानकारी दिए ।
मृतकको पहिचना हुन सकेको छैन् भने हत्या कसले र किन गर्यो भन्ने विषयमा पनि केहि खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भर्खरै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनास्थललाई शील गरेको छ भने हत्या आरोपी सुर्खेतका झपेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको छ । उक्त भैसी फार्म स्थानीय कृष्ण पुनले सञ्चालन गर्दै आएका थिए ।