जापान, जेठ २६ ।
जापानको ओसाकाबाट हराईरहेको आरती खनालको शब समुद्रको किनारमा भेटिएको पुष्टि भएको छ । समुन्द्रको निनारमा भेटिएको शबको पोष्टम्याटम पश्चात हराईरहेकी चितवनकी आरती खनालको भएको प्ष्टि भएको थिणे । बेपत्तापछि भेटिएका आरती खनालको हिजो ओसाकामा एक औपचारिक कार्यक्रम बिच अन्तिम श्रद्धान्जली सहित दाहसंस्कार गरिएको हो । हराइरहेकी खनालको २ महिनापछि जापानको ओसाका स्थित नजिककोम समुन्द्रको किनारमा फेला परेको थियो । तर हालसम्म निजको निधन के कारणले भएको भन्ने पुष्टि भने भएको छैन । हाल मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको जापन प्रहरी जनाएको छ ।
उच्च शिक्षा अध्ययनको लागि जापान आएकी आरती यहि मार्च तारिक ओसाकाबाट बेपत्ता भएकी थिईन भने मे ८ तारिक ओसाका समुन्द्री किनारामा भेट्टाएका थियो । शबसँगै भेटिएको निजको मोबाईल, निजले लगाएको कपडाको आधारमा शबको निजको रहेको आशंका गरिएको थियो भने शब चिन्न नसकेको कारण निज आरतीको परिवारको सदस्यको डिएनए परिक्षण पश्चात मात्र शब आरती खनालको रहेको पुष्टि भएको थियो ।