धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  488 पटक हेरिएको

 

धादिङ, जेठ २६ ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले बताए ।

सूचना अधिकारी विकका अनुसार भारतबाट फर्किएका १६ जनाको अवस्था सामान्य छ, अब उनीहरुलाई धादिङबेसीमा निमार्ण गरीएको आइसोलेसनमा राखिने तयारी भईरहेको जानकारी गराए । आरडिटी पोजिटिभ देखिए पछि कोरोना परिक्षणको लागि जेठ २४ गते स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमान्डौ पठाइएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएका उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्थात कुनै पनि स्वास्थ्य समस्या नरहेको बताईएको छ । यस अघि नीलकण्ठ कै क्वारेन्टाईनमा रहेका नीलकण्ठ नगरपालिका-७ का ३३ वर्षिय पुरुषमा पनि कोरोना भाईसर संक्रमण पुष्टि भएको थियो ।

आज कोरोना पुष्टि भएका १६ जना व्यक्तिहरुमा नीलकण्ठ-१ का १७ बर्षका पुरुष, नीलकण्ठ-२ का २२ बर्षका पुरुष, नीलकण्ठ- ३ का ४० बर्षका पुरुष,नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ-११ का ४२ र ५५ बर्षका पुरुष, नीलकण्ठ-१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिका रहेका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार