काठमाण्डौँ, जेठ २५ ।
आज भएको निर्वाचनमा सुदुरपश्चिम सरकारका मुख्यमन्त्रि त्रिलोचन भट्टले आज बिश्वासको मत प्राप्त गरेको छ । सरकार पक्ष र प्रतिपक्ष बिच तिब्र शक्ति संघर्ष चलिरहेको अबस्थामा प्रदेश सरकारमा बिपक्षी गठबन्धन बलियो देखिएको छ । केन्द्रदेखि तलै सम्म बिपक्षी गठबन्धन बलियो बनाउने शीर्ष नेताहरुको प्रयास अनुसार सुदुरपश्चिममा पनि माधब नेपाल पक्षको बिद्रोह सँगै सफल देखिएको छ ।
सबै भन्दा ठूलो दल भए पनि एमाले भित्र दुईखेमामा विभाजित भएकाले माओवादीले सजिलै विस्वासको मत लिन सफल भयो । माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भएको मत विभाजनमा कुल ५२ मत मध्य ३० मत प्राप्त गरेका छन् । उनको बिपक्षमा ९ मत परेको छ भने १२ मत तठस्थ रहेको छ । भट्टलाई एमालेको २४ मध्य १६ जनाले साथ दिएका थिए भने काँग्रेसले पनि आवस्यक परेमा साथ दिने निर्णय गरेको थियो ।
माओवादीको जम्मा १२ मत रहेपनि मुख्यमन्त्री टिकाउन सफल भएको छ । प्रदेश सभामा कुल ५२ मत रहेको थियो । जसमा विस्वासको मत पाउन २७ मतको आवस्यकता थियो । जसपाले समर्थन नगरेपनि एमालेको माधब समुहको समर्थनसँगै स्पष्ट बहुमत प्राप्त गरी माओबादीको सत्ता टिकाउन सफल भएको हो ।