आज थप २१३ जनामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  640 पटक हेरिएको

काठमाडौं, जेठ २५ ।

 

आइतबार थप २ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनु भए अनुसार नेपालभर आइतबार २ सय १३ जना संक्रमित थपिएका हुन्। जसमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन्। यो सँगै कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार  हालसम्म ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने १३ जनाले ज्यान गुमाईसकेका छन्। आज मात्र बैतडी र डोटीमा थप दुई जनाको क्वारेनटाईन मै निधन भएको छ तर निजहरुको कोरोनाका कारण हो वा अन्य कारणले निधन भएको भन्ने पुष्टिको लागी कोरोना परीक्षण भईरहेको छ ।

चार्टमा कोरोना संक्रमित डाटा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार