काठमाडौं, जेठ २३ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सहित माधव समूहलाई एकताको लागि पुन:आह्वान गरेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।
शुक्रबार मात्र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाएको थियो । आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चिय समय सीमामा विश्वसनीय कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेका ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने चेतावनी दिएको थियो ।
नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एकताका लागि आहृवान गरेका छन् । एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भएपनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको उनले बताएका छन । पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल पनि गरेको भन्दै उनले भनेका छन्, ‘हाम्रो अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको छ ।’ प्रधानमन्त्रि ओलिले आह्वान पत्रमा उल्लेख गरेको छ । कतिपयले प्रधानमन्त्रि ओलिको यो आह्वानलाई संसद पुनर्स्थापना हुने संकेतको दबाव भएको बुझेका छन भने कतीपयले मधाबनेपाल समूहलाई भुलाउने दोस्रो ललीपपको रूपमा लिएको छ । प्रधानमन्त्रि तथा एमाले अध्यक्ष ओलिको बिज्ञप्तिमा के छ तेस्तो जसलाई पक्ष र विपक्षले महत्वका साथ हेरेका छन ।
ओलिको आह्वान पत्र