आज ३२३ संक्रमित थपिए कुल संक्रमित संख्या ३,२३५ पुग्यो, थप २ को निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  470 पटक हेरिएको

 


काठमांडौ, जेठ २४ ।  

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय मृतक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको जेठ २१  गते रातको २ बजे निधनपछि स्वाव संकलन पश्चात गरिएको परिक्षणमा कोरोना  पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।

सुर्खेतमा दमको उपचार गराई जेठ १८ गते  घर फर्किएर होम क्वारेन्टिनमा रहेका उनको श्वासप्रश्वासमा समस्या आइ मृत्यु भएपछि कोरोना परीक्षण गरिएको हो  । त्यसैगरी  धनगढी ४ की ५५ बर्षीया मृगौला की बिरामी महिलाको २३ गते सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकोमा स्वाव संकलन गरि परिक्षण गर्दा कोरोना  पोजिटिभ देखिएको प्रवक्ता  देबकोटाले जानकारी दिए ।

यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । नेपालमा शनिबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  शनिबार दिउसो थप ३ सय २३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये पुरुषको संख्या ३ हजार ३ जना र महिलाको संख्या २ सय ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ७० जिल्लामा कोरोना सक्रमण देखा परेको छ । नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये ३ सय ६५ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार