माओबादी केन्द्रले पार्टी कार्यालय व्यवस्थापनको लागी पार्टी सदस्यबाट न्यूनतम १०० रुपैया उठाउने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  224 पटक हेरिएको

काठमाडौं, जेष्ठ २३ ।

नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयलाई विस्तार गरी व्यवस्थित ढंगबाट सञ्चालन गर्न हरेक सदस्यबाट कम्तीमा एकसय रुपैयाँ उठाउने भएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो ।

आठ लाख पार्टी सदस्यहरूबाट कम्तीमा एकसय रुपैयाँ एक महिनाभित्रै संकलन गरिने माआवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए । त्यसैगरी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नयाँ ढंगले अघि बढाउन राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । अखिल क्रान्तिकारीको अक्ष्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएदेखि नै असन्तुष्ट पक्षले विरोध गर्दै आएको थियो। स्थानीय निकायको निर्वाचनमा सन्तोषजनक परिणाम नआएको र पार्टीको आन्तरिक व्यवस्थापन नै प्रमुख कारक रहेको निचोड निकाल्दै पार्टी कार्यालय संगै पार्टी पंतिको पनि व्यवस्थापन गर्नुपर्ने जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार