जापान, जेठ २३ ।
गैर आवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रियका कार्यसमितिको ७ औँ क्षेत्रिय अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । हिजो जुन ५ तारिक फुकुओका शहरमा जारी अधिबेशनले अर्जुन थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो । एनआरएनए जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिको २०१९/०२१ कार्यसमितिको सचिब पदमा रहि कार्यसम्पादन गर्दै आएका थापाको नेतृत्वमा सम्पुर्ण कार्यसमिति नै सर्वसम्मतिमा चयन गर्न सफल भएको हो । हिजो सम्मन्न अधिबेशनबाट क्युस्यु क्षेत्रिय कार्यसमितिको अध्यक्षमा अर्जुन थापा, उपसंयोजकमा भिम बहादुर गुरुङ्ग, बिबेक बुढाथोकि र महिला उप संयोजकमा कमला पाण्डे चयन भएका छन ।
यस्तै सचिबमा कृष्णहरि पाठक, सहसचिबमा सुनिल श्रेष्ठ र भिम बुढाथोकि, कोषाध्यक्षमा केशब कुमार लामिछाने, सह कोषाध्यक्षमा रिपुहरी सापकोटा सर्वसम्मत चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा अमृत भट्ट, प्रदिप कुमार राई, सुबास बहादुर बोहरा, दिपक बहादुर शाही महिला सदस्यमा कृष्णा बस्नेत र बिद्यार्थी सदस्यमा सञ्जन सुबेदी निर्बिरोध निर्वाचित भएको हो । क्युस्यु क्षेत्रिय कार्यसमितिको अन्तिम मिटिङ्गबाट गठित निर्वाचन समितिको सक्रियतामा क्युस्यु कार्यसमितिको लागि पर्न आएको उम्मेद्धारीहरु धेरै भएपनि निर्वाचन कमिटिको अथक प्रयास र संबादबाट नयाँ कार्यसमिति सर्बसम्मत चयन गर्न सफल भएको निर्वाचन कमिटिका संयोजक सन्तोष थापाले बताए ।
एनआरएनको अभियानमा क्युस्यु क्षेत्रिय कार्यसमितिले जापानको अन्य क्षेत्रको तुलनामा उल्लेख्य काम गरेको भन्दै उपस्थित सबै क्षेत्र, केन्द्रका प्रतिनिधिहरुले क्युस्यु क्षेत्रको तारिफ गरेका थिए । हिजो सम्पन्न क्युस्यु क्षेत्रिय कार्यसमितिको ७ औँ अधिबेशनमा संस्थाका सचिब अर्जुन थापाले संस्थाको २ बर्षे कार्यप्रगति र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बिश्ब कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा सम्पन्न भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको अधिबेशनमा स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै उपस्थितिहरुको ज्वरो नाप्ने लगायतका आधारभुत स्वास्थ्य मापदण्डको समेत पालना गरि कार्यक्रम गरिएको थियो ।
उक्त अधिबेशनमा केन्द्र र जापानका बिभिन्न क्षेत्रबाट उपस्थित भएका अधिकांश प्रतिनिधिले एनआरएन सबैको साझा संस्था भएकोले यसबाट लिन भन्दा पनि समाजलाई केहि दिन आउने भएकोले स्वच्छ मनस्थितिका साथ संस्थामा लाग्न समेत सबैमा आह्वान गरेका थिए । अधिकांश उपस्थितिले आफुले संस्थामा महत्वपुर्ण देन गरेको र अन्य ब्यक्तिहरुले त्यसमा साथ नदिएको भन्दै आफ्ना गुनासाहरु समेत राखेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै राष्ट्रिय समन्वय परिषदका महासचिब जनक बिक्रम शाहीले अधिबेशनको क्रममा आएका सबैको भनाई खण्डन गर्दै संस्था सबैको साझा हुने हुदाँ तपाईले गरेको काम संस्थाको उपलब्धि रहेको र त्यो संस्थाको काम रहेकोले मैले गरे भन्दा संस्थामा बिबाद सृजना हुने हुदा संस्थामा मम भन्ने प्रबृद्धिलाई प्रसय दिन नहुने तर्क गरेका थिए ।
उपस्थितिहरुले राखेका जिज्ञासालाई सम्बोधन गर्दै महासचिब शाहीले संस्थाको आफ्नै मर्यादा र कार्यक्षेत्र रहने र त्यो मर्यादा र क्षेत्रको परिधि भित्र बसेर उसले कार्यसम्पादन गरेको छ कि छैन भन्ने प्रमुख हुने समेत बताएका थिए । क्युस्युका केही बक्ताले केन्द्रले केहिपनि काम नगरेको भन्ने गुनासो गलत रहेको र क्षेत्र र केन्द्रले गर्ने कामको प्रकृति नै फरक रहेकोले त्यो संस्थाको संरचनालाई बुझ्न समेत आग्रह गरेका थिए । यस्तै उक्त कार्यक्रममा बोल्दै क्युस्यु क्षेत्रका अग्रज हाम्रो नेपाल हामी नेपालीका अभियानका संयोजक धर्मराज अधिकारीले पनि ब्यक्तिले गर्ने काम भनेको संस्थाको उपलब्धि रहेकोले सामुहिक प्रतिनिधित्व हुने गरि काम गर्दा त्यो फलदायी हुने र समाजलाई जबाहदिन पनि सहज हुने तर्क पेश गरेका दिए । अहिले केन्द्र देखिएको बिबाद पनि त्यसकै उपज रहेको समेत बताएका थिए । भिजन अनलाईन न्युज परिवार एनआरएनए क्युस्यु क्षेत्रिय कार्यसमितिका नवनिर्वाचित सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछ ।
निर्वाचन कार्यसमितिको बिज्ञप्ति