उपप्रधानमन्त्री महतोद्धारा स्पष्टीकरण जारी, नेपाल बहुल राष्ट्रिय राज्य नै रहेको जिकिर(बिज्ञप्ति सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  590 पटक हेरिएको

काठमाडौं, जेठ २२ ।  

ओलि सरकारमा सहभागि भई पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिब्यक्ति आलोचित बनेको छ । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आलोचना गरेका छन् ।

महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधताले भरिएको एउटा राज्य भएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’ आफूहरुको पार्टी अधिकार, पहिचान, सुशासन र समृद्धिका लागि बनेको भन्दै उनले त्यो नहुँदासम्म आन्दोलन हुने बताए ।

उपप्रधानमन्त्री महतोले अघि भने, ‘संघीयता ल्याएपछि समावेशिताको प्रारम्भ भएको छ । तर पूर्णता पाएको छैन । संविधान नै अपूर्ण छ ।’ यता उप–प्रधानमन्त्रि महतोको भनाईलाई लिएर प्रधानमन्त्रिको समेत आलोचना भएको छ । बिपक्षि गठबन्धनले उप–प्रधानमन्त्रि महतोको भनाईमा प्रधानमनित्रको मौन समर्थन रहेको भन्दै यस बिषयमा प्रधानमन्त्रिले जबाह दिनु पर्ने समेत बताएका छन । नेकपा एमालेका माधब नेपाल समुहले पनि यस बिषयमा प्रधानमन्त्रि ओलिले जबाफ दिनु पर्ने बताएका छन ।

उप-प्रधानमन्त्रि महतोको स्पष्टिकरण यस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार