आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कुल संख्या २९ सय १२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  434 पटक हेरिएको

काठमाडाैं, जेठ २३ ।  

आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २७८ जनाको रिपोर्ट पोजिटिभ आएकाे जानकारी दिए । याेसँगै संक्रमितको संख्या दुई २९ सय १२ पुगेको छ ।

शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २  जनाको नमुना परीक्षण गरिएको छ।

अहिले आइसोलेसन दुई हजार पाँच सय ६८ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या  तीन सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका हुन्।  नेपालमा कोरोनाका कारण हालसम्म११ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार