काठमाण्डौँ, जेठ २३ ।
डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । साइबउमा दोस्रो नेपाल आइडलका बिजेता रबी वड र चर्चित गायीका सरु गौतमले स्वर दिएका छन्। गीतको निर्देशन भने जनक कुँवर र राज पाठकले गरेका हुन्।
नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाड मुख्य भूमिकामा छन् । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको हो। म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल म्युजिक प्रणालीले आफ्नै अफिसियल युबट्युब च्यानल मार्फत बजारमा ल्याएको छ । उक्त गीतमा सुदुरपश्चिम क्षेत्रको भाषा, संस्कृति, भेषभुषा र सुदुरपश्चिम क्षेत्रको रमणीय पर्यटकीय क्षेत्र बिचको पारस्परीक सम्बन्धलाई उक्त गीतमा देखाउन खोजिएको छ । उक्त गीतलाई तल साभार गरेका छौँ हेरेर प्रतिक्रिया दिनुहोला ।
‘‘नन्दी”चलचित्रको डेउडा गीत ‘साईबउ’ भिडियो हेर्न यहाँ क्लि गर्नुहोला ।