सुर्खेतमा थप १ जना कोरोना संक्रमितको निधन, नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  552 पटक हेरिएको

सुर्खेत, जेठ २३।  

भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेर फर्किए लगत्तै मृत्यु भएका युवामा कोरोना पोजेटिभ नेदिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा रहेको विद्यापुर जनता माविको क्वारेन्टाइनमा १४ दिन बसेर बुधबार घर फर्किएका २० वर्षीय ती युवकले घर पुग्ने वित्तिकै ज्यान गुमाएका थिए ।

बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।समाचारको कर्णाली प्रदेश अस्पतालले पुष्टि गरेको हो ।गत जेठ ७ गते भारतबाट आएका उनको बुधवार नै कोरोना संक्रमणको यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) रिजल्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।

यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या ११ पुगेको छ भने कणाली प्रदेशमा ज्यान गुमाउने दोस्रो ब्यक्ति हो । यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार