कुमामोतो नेपाली समाजको पहिलो अधिबेशन जुन ६ तारिक, सबैलाई उपस्थित हुन अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  205 पटक हेरिएको

 जापान, जेठ २१ ।  

जापानमा हाल बिभिन्न संघसंस्थाहरूको महाधिवेशन तथा अधिबेशनको चटारो तिब्र रहेको छ । हाल जापानमा बिभिन्न संघ संस्थाहरूको क्षेत्रीय अधिबेशन चलिरहेको छ । यस्तै सामाजिक काम गर्ने उद्देश्यले जापानको क्यूशु क्षेत्रमा पर्ने कुमामोटो क्षेत्रमा पनि पछिल्लोसमय नेपालीहरूको बाक्लो उपस्थिति रहेको छ । कुमामोतोमा रहेका नेपालीहरूको साझा संस्थाको रुपमा रहेको कुमामोतो नेपाली समाजले पनि आफ्नो सस्थाको पहिलो अधिबेशनको मिति सार्बजनिक गरेको छ ।

“पर्देशमा मर्दा होस या पर्दा होस ,मलाई तपाई, अनि तपाई लाई म चहिन्छ “भन्ने भावनालाई आत्मसाथ गर्दै २०२०जुन.७ का दिन स्थापना भएको हाम्रा यस कुमामोतो नेपाली समाजको पहिलो अधिबेशन २०२१ को जुन ६ तारिखमा हुन गईरहेको हुनाले क्युस्यु क्षेत्रीय अथवा सम्पूर्ण कुमामोतो नेपाली परिवार लाई अधिबेशनमा उपस्थित हुनु भइ यस अधिबेशनलाई हामी सबै मिली सभ्य र भव्यरूपमा सफल पार्न अनुरोध गरेको भन्दै संस्थाका संस्थापक अध्यक्ष समेत रहेका लाक्पा दोङले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

यसरीनै सधै हजुरहरूबाट कुमामोतो नेपाली समाजले साथ र सहयोग निरन्तर पाईरहने आशा समेत व्यक्त गर्दै सबैलाई सहभागी हुन अपिल समेत गरेका छन । कुमामोतो नेपाली समाजको पहिलो अधिबेशन  नेपाली एभरेस्ट रेस्टूरेन्टमा साँझ ५ बजे तय भएको पनि जानकारी गराऊनु भयो । भिजन अनलाईन न्युज परिवार कुमामोतो नेपाली समाजको पहिलो अधिवेशन सफलताको शुभकामना समेत व्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार