पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाईतेहरुको उद्धारकार्य जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  175 पटक हेरिएको

पाल्पा, जेठ २१ ।

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो। अत्यधीक लोड भएकाले जीप अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएको छ ।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी छहरा–८ का वडाअध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको छ। घाइतेहरूलाई बुटवल तर्फ पठाएको पनि वडाध्यक्ष रानाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार