कोरोना संक्रमणबाट पाल्पामा थप एकजनाको निधन, निधन हुनेको संख्या १० पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1060 पटक हेरिएको

पाल्पा, जेठ २२ ।   

कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’

कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन । डा. गिरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नेपालमा हालसम्म १ जना बाहेक अन्य ब्यक्तिको मृत्यु पश्चात मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको डेटा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार