आज एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६ सय ३४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  415 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौं, जेठ २२ ।   

नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको जानकारी दिए ।

बिहीबारका संक्रमितमध्ये विराटनगरमा १, वीरगन्जमा १, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८ जना, प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालामा परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत ८, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर जम्मा ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन्। यस मध्य ९ जनाको मृत्यु भईसकेको छ भने ३ सय बढी डिस्चार्ज भएका छन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार