प्रधानन्यायाधिसद्धारा बरिष्ठताको आधारमा संबैधानिक ईजलास गठन, नागरिक अध्यादेश बिरुद्ध परेको रिटको सुनुवाई शुरु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  410 पटक हेरिएको

काठमाण्डौँ, जेठ २१ ।  

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले आज वरिष्ठताका आधारमा न्यायधिशहरु राखेर संवैधानिक ईजलाश गठन गरेका छन् । प्रधानन्यायाधीश राणाले नागरिकता सम्बन्धी अध्यादेश विरूद्धका रिट हेर्न बरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका छन्। आजको इजलासमा राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँच मध्ये विश्वम्भर श्रेष्ठ कोरोना संक्रमित भएर आईसोलेसनमा रहेका कारण खतिवडाले मौका पाएका हुन् ।

यसै ईजलाशमा आज नागरिकता अध्यादेश बिरुद्ध परेको रिटमा सुनुवाई हुने भएको छ । प्रतिनिधिसभा विघटन विरूद्धको रिटमा संवैधानिक इजलासको रोष्टमबाट कनिष्ठ न्यायाधीश छानेका थिए। ती मध्ये २ न्यायाधीशले नेकपा विवादमाथि फैसला र पुनरावलोकन नहुने आदेश दिएको भन्दै प्रश्न उठेको थियो। त्यसपछि इजलास गठन विवादित भएको भन्दै प्रधानन्यायाधीशको आलोचना भएको थियो । सर्वोच्च अदालत भित्रै न्यायाधीशहरू र सर्वोच्च बारले बरिष्ठताका आधारमा इजलास पुर्नगठन गर्न सुझाएका थिए।

उनीहरूको सुझाव अनुसार काम गर्न प्रधानन्यायाधीशले वचन दिएका थिए। त्यसैले आजको संवैधानिक इजलासलाई चासोका साथ हेरिएको छ। नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ।

केही समय अघि सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले बुवा–आमा दुवैको नागरिकता देखाए वंशजको नागरिकता पाउने, बावुको पहिचान नभएको स्वघोषणा गरे नेपाली आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था छ। सरकारद्धारा जारी नागरिकता सम्बन्धि बिधेयकलाई तराईबासी दल र जनताले स्वागत गरेको छ भने अन्य ब्यक्तिले भने यसलाई ओलिको सरकार लिप्साको पराकाष्ठको संज्ञा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार