प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  92 पटक हेरिएको

काठमाडौं, जेष्ठ २१ ।  

पत्रकार बालकृष्ण बस्नेत प्रेस काउन्सिल नेपालका अध्यक्षमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

बैठकले बस्नेतलाई चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । कानून व्यवसायीसमेत रहनुभएका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो ।

काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार