प्रदेश १ स्थित धरानको एक घरमा आगलागि हुदाँ आमा छोरीको निधन, आगलागिका कारणबारे अनुसन्धान हुँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  839 पटक हेरिएको

धरान, जेठ २२ ।   

फोटो:-लक्ष्मी कार्की नेम्बाङ्ग
फोटो:-लक्ष्मी कार्की नेम्बाङ्ग

प्रदेश १ स्थित धरान–१५ स्विमीङ पुल नजिकै भर्खरै आगलागी भएको छ । आगलागीका कारण दुई आमाछोरी को ज्यान गएको छ । धरानबाट संंचारकर्मी लक्ष्मी कार्कि नेम्बाङ्गले भिजन अनलाईन न्युजसँग कुरा गर्दै उक्त आगलागिबाट घर पुर्ण रुपमा क्षति भएको र उक्त घरमा रहेका वृद्ध ८५ बर्ष कि आमा धनमाया र ५५ बर्ष कि बोल्न नसक्ने छोरीको आगलागीमा ज्यान गएको जानकारी दिनु भयो ।

लकडाउनका कारण छिमेकि लगायत आफन्तहरु अन्य घरायसी काममा ब्यस्त भएको र पड्किएको आवाज मात्र सुनेकोले घटना के कारणले भयो खुल्न नसकेको समेत जानकारी गराउनु भयो । घटनास्थानमा स्थानीय, प्रहरीको उपस्थितिमा घटनाबारे थप अनुसन्धान भईरहेको छ । ग्यास पड्किएर आगलागि भएको हुन सक्ने स्थानीयको अनुमान भएपनि खुल्न नसकेकोले बाँकी बिबरण र कारण भने अनुसन्धानबाट खुल्ने जानकारी दिनुभयो ।

संचारकर्मी लक्ष्मी कार्की नेम्बाङ्गबाट प्राप्त थप फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार