काठमाडौं, जेठ २१ ।
लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।
महासंघको बुधबार बसेको बैठकको निर्णयले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।
महासंघले बजार खुलाउनु पर्नाका तीनवटा कारण उल्लेख गरेको छ । सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको अध्यक्ष कटुवालले बताए । तर सरकार भने कोरोना भाईरसको महामारी नसकिएको र यसको उचित निराकरणको उपाय अबलम्बन नगरी ब्यापार ब्यबसाय नखोल्ने पक्षमा छन । सरकारले देश लकडाउनको ३ महिनासम्म उचित र बिश्वसनिय कदम नचालेको र ब्यबसायको हितमा कुनै पनि काम नभएकोले पनि ब्यबसाय खोल्नुको बिकल्प नभएको निष्कर्षमा ब्यबसायी पुगेका हुन ।
नेपाल राष्ट्रिय ब्यबसायी महासंघद्धारा जारी बिज्ञप्ति