आज दिनभर २ सय १ जनामा संक्रमण पुष्टिसँगै कुल संक्रमित संख्या २३ सय पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  949 पटक हेरिएको

काठमाडौं, जेठ २१ ।

नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ सय ७९ जना पुरुष र २२ जनामहिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा एक जनाको पोजेटिभ आएको छ । उनी धनकुटा शहीदभूमी गाउँपालिकाका २७ वर्षका पुरुष हुन् । यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जना ४० वर्षका पुरुष, ताप्लेजुङ शान्ति गाउँपालिकाका ३ जना क्वारेन्टाइनमा रहेका १८ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु, झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना ३० वर्षका पुरुष रहेका छन् ।

यसैगरी पाँचथरको हिलीहाङ गाउँपालिकाका एक जना २० वर्षका पुरुष, सुनसरीमा क्वारेन्टाइनमा रहेका ७ जना पुरुषहरु रहेका छन् । यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । उनीहरु पर्साको विन्दाबासीनी, कालिकामाई र पर्सौनीमा क्वारेन्टाइनमा रहेका ७ जना छन् । यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका १ जना २४ वर्षका पुरुष र सल्यानका १९ र २४ वर्षका पुरुष रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मोरङ रंगेली नगरपालिकाका क्वारेन्टाइनमा रहेका २६ र ३६ वर्षका पुरुषहरु, झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जना १८ वर्षका पुरुष, तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीया महिला र सुनसीको बराहाक्षेत्रमा रहेको क्वारेन्टाइनमा रहेका एक जना २९ वर्षका पुरुष रहेका छन् ।

यसैगरी सेती अस्पतालको प्रयोगशालमा ५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु कैलालीको गौरीगंगा गाउँपालिका र धनगढीको क्वारेन्टाइनमा रहेका २० देखि ५१ वर्षका पुरुष र डोटीका २२ र २५ वर्षका पुरुष रहेका छन् । यस्तै रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये कपिलवस्तुका ६७ जना रहेका छन् । उनीहरु मायादेवि र सुद्धोधन गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् । उनीहरु ११ वर्षीया बालिकदेखि ३७ वर्ष सम्मका १० जना महिला र १ वर्षका बालक देखि ८० वर्षका ५७ जना पुरुष रहेका छन् ।

यस्तै पाल्पाका २ जना २८ वर्षीया महिला र २३ वर्षीय पुरुष, रुपन्देहीको बौद्ध विश्वविद्यालय, रोहीनिहर्वा र मर्चवा आदर्श माविको क्वारेन्टाइनमा रहेका २६ जना रहेका छन् । उनीहरु ४० वर्षका महिला र १३ वर्षिय बालक देखि ५४ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ देखिएको छ । उनीहरु सबै महोत्तरी मटिहानीका छन् । ४० वर्षिया महिलादेखि १५ देखि ३६ वर्षका पुरुषहरु रहेका छन् ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये दैलेख दुल्लु र नारायण नगरपालिकाका ६ जना १७ देखि ३० वर्षका पुरुष, कालिकोटका ७ जना रहेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु बंगलाचुली र राजपुर गाउँपालिकाका ५ जना रहेका छन् । उनीहरुमध्ये एक जना ९ वर्षकी बालिका,  २७ वर्षकी महिला र अन्य १७ देखि २२ वर्ष उमेरका पुरुष रहेका छन् । यसैगरी प्युठानका २ जना २० र २३ वर्षका पुरुषहरु, सल्यानका २९ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये धनुषाका एक जना ३८ वर्षका पुरुष, कपिलवस्तु ओडरी माविको क्वारेन्टाइनमा रहेका २ जना ३४ र ३९ वर्षका पुरुषहरु, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन् । उनीहरु २१ देखि २७ वर्ष सम्मका महिलाहरु रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यसैगरी नवलपरासीका ८ जना १७ देखि ३४ वर्ष सम्मका पुरुषहरु, रौतहटका ११ जना रहेका छन् । उनीहरु मध्ये एक जना २७ वर्षकी महिला र २२ देखि ५० वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै, रुपन्देहीको मायादेवीमा रहेका एकजना २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार सर्लाही श्रीरामविलास प्रावि र जनता माविको क्वारेन्टाइनमा रहेका १५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ जना ११ वर्षकी बालिका र १६ देखि ४० वर्षका पुरुषहरु रहेका छन् । यस्तै सिन्धुपाल्चोक इन्द्रावतीका एक जना २३ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार