काठमाडौं, जेठ १९ ।
पछिल्लो समय नेपालमा दोस्रो भेरियन्टको कोरोना फैलिए सँगै त्यसको प्रभाब तिब्र रहेको छ । कोरोना संक्रमण रोक्नको लागि बिभिन्न प्रयास भईरहेको भएपनि त्यो प्रयाप्त भएको देखिदैन । अहिले नेपालको लागि बिभिन्न देशले कोरोना नियन्त्रणको लागि स्वास्थ्य सामाग्री तथा खोपहरु सहयोग गरिरहेको छ । यसै क्रममा आज फ्रान्स सरकारले नेपाललाई कोरोना महामारी विरुद्धका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज काठमाण्डौ आएको हो । फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।