नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८ जना पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  978 पटक हेरिएको

काठमाडौं, जेठ १९ ।   

नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १७९८ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमित हुनेमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । उनले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको बताए । मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिए । कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र  १ सय ८० पुरुष छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार