चीनले अनुदानमा दिएको ८ लाख खोप काठमाण्डौ आईपुग्यो, बाँकी २ लाख हिमालयन एयरलायन्सले निशुल्क ल्याउने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  501 पटक हेरिएको

काठमाडौं, जेठ १८ ।   

नेपालका राष्ट्रपति र चीनका राष्ट्रपति बिच भएको टेलिफोन संबादका बिच नेपालमा चीन सरकारले उपलब्ध गराउने भनेको कोभिड भ्याक्सिन पहिलो चरणमा ८ लाख खोप आएको छ । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप काठमाण्डौ आईपुगेको हो। सो खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३ वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ।

चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको १० लाखमध्ये ८ लाख भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गराईएको हो । उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बताएको छ। चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो। थप दुई लाख डोज खोप हिमालयन एयरलाईन्सले निशुल्क रुपमा काठमाण्डौ ल्याइदिने भएको छ । चीनले हाल सम्म नेपाललाई १८ लाख कोरोनाको खोप प्रदान गरीसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार