संसद बिघटन सम्बन्धि मुद्धा हेर्नको लागि बरिष्ठताका आधारमा ईजलास तोक्ने प्रधानन्यायाधिसको तयारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  616 पटक हेरिएको

काठमाण्डौँ, जेठ १८ ।  

संसद बिघटनको मुद्धामा बहसको लागि तयार गरिएको ईजलास नै बिबादमा आएपछि प्रधानन्यायाधिस पुन ईजलास गठन गर्ने मनस्थितिमा पुगेको छ । आइतबार दिनभर बहस सुनेका प्रधानन्यायाधीश जबराले सोमबार सर्वोच्चका न्यायाधीशहरुसँग परामर्श गरेका थिए । न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलासमै राय दिने बताए । मंगलबारको इजलासमा न्यायाधीशद्धय केसी र श्रेष्ठले आफूलाई इजलासबाट अलग नगर्ने बताए ।

तर न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले विवादको निष्पक्ष निर्णय गर्न नसक्ने भनेर विवाद भए, प्रश्न उठे वा आशंका व्यक्त भएमा न्यायाधीश आफैं अलग हुनुपर्ने बताए । यो मुद्दामा अदालतको सर्वोच्चताका लागि न्यायाधीशद्वय केसी र श्रेष्ठ अलग भएको भए हुन्थ्यो भन्दै उनीहरुले यही इजलासको संरचनाबाट अगाडि बढ्दा विश्वसनीय हुन्छ भन्ने नदेखिएको भन्दै आफैं अलग हुने घोषणा गरे ।

इजलास नछाड्ने केसी र श्रेष्ठको अडान तथा संवैधानिक इजलासमा नबस्ने कार्की र भट्टराईको घोषणा गरेपछि प्रधानन्यायाधीश जबराले दुबै पक्षलाई त्यसभन्दा अगाडि नबढ्न आग्रह गरे । उनले २३ गते वरिष्ठताका आधारमा संवैधानिक इजलास बनाउने बताए । प्रधानन्यायधिसले बार एसोसियसनका पदाधिकारीहरुसँग पनि यस बिषयमा छलफल गरिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार