यस बर्षको एसईई परिक्षा आन्तरिक मुल्याङ्कनबाट गर्ने मन्त्रिपरिषदको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  448 पटक हेरिएको

काठमाडौं, जेठ १७ ।  

बिश्व कोरोना भाईरसबाट आक्रान्त भइरहेको सन्दर्भमा त्यसको प्रत्यक्ष असर नेपाली बिद्यार्थीहरुमा देखिएको छ । कोरोना भाईरसबाट लामो समय शैक्षिक सत्र बन्द हुन पुग्दा त्यसको प्रत्यक्ष असर बिद्यार्थीमा पर्न गएको हो । लामो समयसम्म शैक्षिक सत्र शुरु हुन नसक्दा बिद्यालय शिक्षा परिक्षा पनि प्रभाबित भएको छ सो कारण सरकारले यस वर्षको माध्यमिक कक्षा परीक्षा (एसईई) को नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकन विधि मार्फत गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यससम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । राष्ट्रिय परिक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न मन्त्रालयलाई प्रस्ताव गरेको थियो । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार