चिन सरकारद्धारा २ सन्तानको निति तोड्दै ३ सन्तान जन्माउन अनुमति

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  96 पटक हेरिएको

काठमाडौं, जेठ १७ ।  

चीनले कडा रुपमा पालना गर्दै आएको दम्पतीले दुई सन्तान मात्र जन्माउन पाउने निति संशोधन गरेको छ । उक्त नितिको तिब्र आलोचना पश्चात सरकार उक्त नितिलाई संशोधन गर्न बाध्य भएको हो । सो निर्णयसंगै चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको हो । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार