बाजुराकी दुई वर्षीय बालिकाको कोरोना संक्रमणका कारण निधन भएको पुष्टि, मृत्यु हुनेको संख्या ८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  512 पटक हेरिएको

धनगढी, जेठ १८ ।   

नेपालमा कोरोना संक्रमणबाट बाजुराकी दुई वर्षीय बालिकाको निधन भएको छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुवासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वारो आउने, बान्ता हुने समस्या थियो । नेपाल प्रवेश गरेपछि घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते जिल्ला अस्पताल बाजुरा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । डा. बिककाअनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो ।

शनिबार बिहान बालिकासँगै आमाबुवाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो । बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । योसंगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार