जापान, जेठ १८ ।
जापानको फुकुओकामा बस्दै आएका गायक पुरुषोत्तम सिग्देलले भर्खरै मात्र नयाँ लोक गीत सार्बजनिक गरेका छन । बिदेशमा बसेर पनि लोक संगीतलाई माया गर्दै आएका गायक सिग्देलको यो दशौँ एल्बम हो । आफ्नै लय तथा शब्दमा रहेको गीत “खोलिको धएरी” बोलको गीत आफ्नै अफिसियल युबट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो । टंक लम्साल (प्रदिप) र कमला पोखरेलको आवाजमा रहेको गीतमा म्युजिक एरेन्ज भने सागर बिरहीले गरेका हुन् । अडियो रेकर्ड मालाश्री रेकर्डिङ्ग स्टुडियोमा गरिएको हो ।
उक्त गीतको भिडियोमा भने आयुष्मा कार्की र संजय सिग्देलले अभिनय रहेको छ । उक्त गीतको शब्द लेखक समेत रहेका गायक सिग्देल बिदेशमा बसेर पनि लोक गीत संगितलाई माया गर्ने सर्जक समेत हुन । खोलिको धएरी बोलको गीतको भिडियो निर्देशन भने प्रकाश भट्टको रहेको छ भने छायांकन राजेश घिमिरे, भिष्म कार्कि तथा स्वयम निर्देशक प्रकाश भट्टले गरेका छन् । सम्पादन बिष्णु शर्माको रहेको भिडियो निर्माण शाही भिजन प्रालिले गरेको हो ।
यस अघि पनी सिग्देलको पानीको धारा छ, अधुरो माया,बाबाको गीत र छोरो लगाएतका बिभिन्न लोक गीत संगीतहरु बजारमा आईसकेको छ । बिश्व कोरोना भाईरस (कोभिड–१९) बाट आक्रान्त भईरहेको सन्दर्भमा कोरोना सम्बन्धि जनचेतना मुलक गीत समेत सार्वजनिक गरेका गायक तथा सर्जक सिग्देलले मानब जीवनमा आईपरेको संकट र तनाबलाई केहिहदसम्म भए पनि कम गराउने र मनोरंजन गराउने उदेश्यले उक्त गीत सार्वजनिक गरेको भिजन अनलाईन न्युजसँगको कुराकानिमा बताउनु भयो । उनै सिग्देलले आफ्नै अफिसियल यसबट्युब च्यानलबाट सार्बजनिक गरेको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
खोलीको धएरी भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।